Previous
Books by Sudheer sharma

Himalpariko Huri

699.00
Next

Chhaalbato

790.00
Chhalbaato ramesh bhusal

Himalpariko Huri / Bhikshu Byapar ra Bidhroha

1,598.00

सुधीर शर्माको दुई नयाँ पुस्तकहरु :

भिक्षु,व्यापार र विद्रोह र हिमाल पारिको हुरि

Description

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत

बाहिरी पृष्ठबाट – From The Back Cover

लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वजयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ ।

यस्तो किन भयो भने— नेपालले कुनै बेला गङ्गातट र तिब्बती । पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो । काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र ‘अन्द्रपो’ बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो ।

यताबाट बुद्धको विचार हिमालपारि गएको थियो, उताबाट’ माओको राजनीतिक विचार यता आएको थियो । धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए ।

यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्राप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिविम्बित हुन्छ ।

Himalpariko Huri

हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध

Author : Sudheer Sharma

From the back cover:

२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए । उनीहरू त्यसरी सम्पन्न हुँदा नै काठमाडौं उपत्यका केही हदसम्म समृद्ध हुन पुगेको थियो । उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र ‘अन्द्रपो’ बनेको थियो । त्यसको अवशेषका रूपमा रहेका उपत्यकाका ऐतिहासिक सम्पदाहरू तपाईं-हाम्रा आँखासामु नै छन् । हाम्रा यी दुई । छिमेकी फेरि विश्वशक्ति बन्दै गर्दा के नेपाल अन्द्रपोको भूमिकामा फर्कन सक्छ ? दुई ढुङ्गाबीचको ‘तरुल’ होइन, ‘साँघु’ बन्न सक्छ?

यस पुस्तकले गणतन्त्रपछि फेरिएको चीनको नेपाल- नीतिलाई केन्द्रमा राख्दै यस्ता मुद्दाहरूको विश्लेषण गरेको छ । खास गरी सन् २००८ पछि बेइजिङले बढाएको विश्वव्यापी सक्रियतासँगै नेपालमा देखाएको चासो र उपस्थितिको अन्तर्य केलाएको छ । चीनले यहाँ गरेको ‘साम्यवादी सहकार्यको परीक्षण र सैन्य साझेदारीको प्रयत्न’ बारे पुस्तकमा खोजबीन गरिएको छ ।

चीनको पछिल्लो नेपाल – नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ?

लेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।

 

Reviews

There are no reviews yet.

Be the first to review “Himalpariko Huri / Bhikshu Byapar ra Bidhroha”

Your email address will not be published. Required fields are marked *

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping